Monday, 30, November, 2020

थप १४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ। उदयपुरमा १६ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको र चितवनमा दुई जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । उदयपुरको एक मस्जितमा लुकेर बसेका उनीहरुलाई विराटनगरको कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनीहरु मध्ये केही भारतीय रहेको बताइएको छ।मस्जिदमा केही भारतीय नागरिक लुकेर बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।
स्वास्थ्य मन्त्रालय स्रोतले पनि कोसी अस्पतालमा जाँच गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको र थप परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा ल्याइएको जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। जसमध्ये एक जना उपचारपछि घर फर्केका छन्।