Friday, 27, November, 2020

थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमीतको संख्या बाह्र पुग्यो ।

हेटौंडा । हेटौंडाको कोरोना ल्यावमा कोरोना भाइरस देखिएपछी पुनः काठमाण्डौ पठाइएका तीन जनामा कोरोना भाइरस देखिएको छ । काठमाण्डौमा परिक्षण गर्दा कोरोना संक्रमित भएको पुष्टी भएको हो । कोरोना भाइरस (कोभिड –१९) संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीन जनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको थियो । काठमाण्डौ पठाएर ल्याव टेष्ट गर्दा कोरोना संक्रमित भएको पुष्टी भएको हो ।

 

हेटौंडाबाट पठाइएको तीन जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको उच्च श्रोतले जानकारी दिएको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी दिने भएकाले आफुहरुको नाम कोड गर्न नमिल्ने उनले वताए ।  हेटौंडाबाट पठाइएको तीनै जनामा कोरोना संक्रमण भएको भन्ने मन्त्रालयलाई जानकारी आएको बताए ।

स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी गराउन बाँकी छ । यसको जानकारी बागमती प्रदेश सरकारले गर्नेकी संघीय सरकारले गर्ने भन्ने विषयमा छलफल चलिरहेको बागमती प्रदेशका एक जना मन्त्रीले जानकारी गराउनुभयो । अहिले सम्म संघीय सरकारले यसका बारेमा जानकारी गराइरहेको र प्रदेश सरकारले औपचारिक जानकारी गराउन नमिल्ने तर्क पनि आएको छ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप निर्क्योल गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौमा परिक्षण पछि पनि उनीहरुमा कोरोना पोजेटिभ भएको पाइएको हो ।