Thursday, 03, December, 2020

समाजसेवी राज घिमिरेले जम्मा गरे विपद व्यवस्थापन कोषमा ५५ हजार

ललितपुर । सामाजिक अभियन्ता राज घिमिरेले गोदावरी नगरपालिका विपद व्यवस्थापन आकस्मिक कोषमा ५५ हजार ५५५ रुपैयाँ जम्मा गरेका छन् ।

घिमिरेले गोदावरी नगरपालिकाको कार्यालयमा पुगेर मेयर गजेन्द्र महर्जनलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरण गरी नगरवासीहरुलाई सुरक्षित राख्न कोरोना भाइरस (कोभिड–१९) बाट हुने जोखिम कम गर्ने अभियानमा सहयोग पुर्‍याउन रकम जम्मा गरेको बताए ।

अहिले बिश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि लक डाउनको अवस्था रहेको बताउदै घिमिरेले लकडाउनलाई सबैले पुर्ण रुपमा पालना गर्नु पर्ने बताए ।

एकल महिला, बुढा बुबा, आमा, बेसाहरा र श्रमजीवि वर्गलाई भोकै बस्नु पर्ने अवस्था नआओस भन्दै घिमिरेले राहत बितरणको कामलाई अझै तिब्रता दिनु जरुरी रहेको बताए । जसले पनि राहत बितरण गर्दै हिड्दा भिडभाड बढ्ने र कोरोना संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै स्थानीय तहलाई जिम्मा लगाएर एकद्वार प्रणाली मार्फत राहत बितरण गर्ने बातावरण मिलाउनु पर्ने धारणा राखे ।

कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर महर्जनले कोरोना भाइरसको जोखिम न्यूनीकरण र नगरवासीहरुलाई सुरक्षित राख्न नगरपालिकाले स्थापित गरेको कोषमा सहयोग गरेकोमा सहयोगी नेताहरुलाई धन्यवाद दिएका थिए । उनले गोदावरी नगरपालिकाले अहिले आफ्नो क्षेत्रमा राहत बितरण गरिरहेको बताउदै यसलाई अझै तिब्रता दिने प्रतिबद्धता जनाएका छन ।

घिमिरेले व्यक्तिगत रुपमा  ललितपुरका धेरै विपन्न वर्गलाई राहत वितरण गरिरहेका छन् भने कोरोना भाईरसविरुद्ध सचेतना अभियान पनि सञ्चालन गर्दै आएका छन् । त्यसैगरि उनले ललितपुर नगरपालीकाका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे पनि छर्किएका थिए ।

चपली हाइट चलचित्रका नायक समेत रहेका घिमिरे सत्तारूढ नेकपाका ललितपुर जिल्ला सदस्य हुन् भने कला तथा संस्कृत विभागका संयोजकसमेत हुन् ।