Wednesday, 25, November, 2020

भोकै रहेकालाई सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको खाना

कोरोना भाईरसको त्रास र नेपाल लक डाउनको यो समय सबैजना घर घरमा क्वारेन्टाइनमा बसिरहेका छन् । तर जसको घर छैन, जसको डेरा छैन उनिहरु भने भोकै बस्नुपरेको अवस्था छ । विशेषगरि गरिब र असाहायहरु पीडित त छन् । त्यसैगरि सडक बालबालिकाहरुको अवस्था पनि नाजुक छ । सबै होटल, रेष्टुरेन्ट बन्द हुदा उनिहरुलाई अत्याधिक समस्या परेको छ ।

यहि अवस्था देखेर कुलेश्वर महादेवस्थान वरपर। फलफुल तथा तरकारी बजार एवं सुकुम्बासी क्षेत्रमा बसोबास गर्ने दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरिरहेकालाइ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कलुलेश्वले दिनहुँ खाना खुवाउने कार्य गर्दै आएको छ ।

चैत्र १९ गतेदेखि खाना खुवाउँन सुरु गरिएको र शुरुमा ८०,९० जना देखिएकोमा अहिले २०० सयभन्दा बढिले खाना खाइरहेको सामुदायिक सेवा केन्द्र कुलेश्वरका अध्यक्ष गोपाल कृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार त्यहा खाना खान आउनेहरु र समुदायमा केन्द्रले कोरोना भाईरसबारे सचेतना कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।
खाद्यान्न व्यापारी पवन अग्रवालसंगको सहकार्यमा केन्द्रले विपन्न र असाहाय नागरिकहरुलाई खाना खुवाउँदै आएको अध्यक्ष श्रेष्ठको भनाई छ ।