Monday, 30, November, 2020

बिपदमा खट्ने एक्ला कलाकार

ललितपुर । विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस फैलिन नदिन सरकारले देश लकडाउन गरेको छ । यतिबेला राजनीतिज्ञ, कलाकारलगाएत सबैजना घरभित्रै क्वारेन्टाइनमा रहेका छन् । यस्तो बेला बाहिर निस्कनु आफ्नै लागि पनि खतरा हो भनेर सुरक्षित रहन घरभित्रै रहेका छन् । आफ्नो स्वास्थ्य रक्षाका लागि घरभित्रै बस्नको विकल्प पनि छैन । तर ललिपुर नपा ३, गोदावरी निवासी एक व्यक्ति कहिले कोरोनाविरुद्धको जनचेतनाको अभियानमा लागिरहेका छन् त  कहिले सेनिटाईजर र ग्लोप वितरणमा । उनि कहिले दाल चामल, नुन, तेल, औषधिलगायत सामग्री काँधमा बोकेर विपन्न परिवारको ढोका ढोकामा पुगिरहेका देखिन्छन् ।

उनि हुन् चलचित्र चपली हाइटका नायक राज घिमिरे तर उनको काम अहिले कलाकारिता होइन उनि यथार्थमा समाजसेवामा दिनरात खटिरहेका छन् । नायक घिमिरे अहिले कोरोनाविरुद्धको सचेतना बोकेर गाँउ–गाउँ डुलीरहेका छन् भने गरिब परिवारलाई राहत वितरण गरिरहेका छन् ।

उनि कोरोनाविरुद्धको सन्देश बाड्दै ललितपुर जिल्लाका गाउँ गाउँ पुगिरहेका छन् ।


२०७२ सालको भुकम्पका बेला होस् या बाढीपहिरोजस्ता आपत् विपतका बेला उनि निरन्तर सेवामा खटिदै आएका छन् । टोल, छिमेक जहाँ जसलाई जे समस्या पर्छ उनि अहोरात्र आफुले सकेको सहयोग गर्न तयार रहन्छन् । उनको कार्यले आफुहरुमा समेत उर्जा मिल्ने गरेको स्थानियहरु बताउँछन् । उनि चलचित्रका मात्र  नभई समाजको वास्तविक नायक बनेको स्थानियको भनाई छ ।

विपन्नलाई राहत प्याकेज नछुट्याउँदा उनीहरुलाई दैनिकी गुर्जान असहज भइरहेकोले आफू गाउँ गाउँ पुगेको समाजसेवी राज घिमिरे बताउछन् ।

सरकारले घरबाहिर ननिस्कनु भनेतापनि विपन्नलाई राहत प्याकेज नछुट्याउँदा उनीहरुलाई दैनिकी गुर्जान असहज भइरहेकोले आफू गाउँ गाउँ पुगेको उनको भनाई छ । सरकारले कोरोना संक्रमणको भयलाई ध्यानमा राख्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कनु भनेको छ । तर, दैनिक परिश्रम गरेर छाक टार्दै आएका सर्वसाधारणलाई परेको समस्या राज्यबाट सम्बोधन नभएकाले दुःख देख्न नसकेर आफु लागेको उनको भनाई छ ।

त्यसैले आफुले व्यक्तिगत रुपमा भएपनि सहयोग गरिरहेको समाजसेवी घिमिरे बताउछन् । त्यति मात्र नभइ उनी गोदावरी नपा र बागमती गाउँपालिकाका कोरोना जोखिम क्षेत्रहरुमा किटनाशक औषधि पनि उनले छर्कीरहेका छन् ।