Thursday, 03, December, 2020

भोकै रहेकालाई खाना दिदै नेपाल शान्ती स्काउट र उपकार सेवा नेपाल

काठमाडौं ।  कोरोना भाईरसको त्रास र नेपाल लक डाउनको यो समय सबैजना घर घरमा क्वारेन्टाइनमा बसिरहेका छन् । तर जसको घर छैन, जसको डेरा छैन उनिहरु भने भोकै बस्नुपरेको अवस्था छ । विशेषगरि गरिब र असाहायहरु पीडित त छन् । त्यसैगरि सडक बालबालिकाहरुको अवस्था पनि नाजुक छ । सबै होटल, रेष्टुरेन्ट बन्द हुदा उनिहरुलाई अत्याधिक समस्या परेको छ ।

यहि अवस्था देखेर नेपाल शान्ती स्काउट र उपकार सेवा नेपालले खाना खुवाउने सेवा सुरु गरेको छ ।

विगत १ हप्तादेखि शुरु गरेको सेवामा धेरै सडक बालबालिकाले राहत महशूस गरेको नेपाल शान्ती स्काउटका राष्ट्रीय प्रमुख आयुक्त दयाराम कार्कीले बताए । काठमाडौं, ललितपुर, भक्तपुरसम्म पुगि त्यस्ता असाहय मानिसहरुलाई खाना खुवाईको उनले बताए ।

नेपाल शान्ति स्काउटका संस्थापक अध्यक्ष  सूदन मरासिनीले दुबै संस्थाले  दिनमा ७ सय बढिलाई खाना खुवाउदै आएको जानकारी दिए ।

त्यति मात्र नभई सरकारी अस्पतालमा बिरामी लिएर आउने बिरामी कुरुवालाई पनि खाना खुवाईएको मरासिनीले बताए । राजधानकिो वीर अस्पताल, शिक्षण अस्पतालका बिरामी कुरुवालाई पनि खाना खुवाउन जाने गरिएको नेपाल शान्ती स्काउटका राष्ट्रीय प्रमुख आयुक्त दयाराम कार्कीलेे रियलपाटीलाई जानकारी दिए ।

गाडीका चालक, सहचालक, सुरक्षाकर्मीलगाएतलाई पनि नेपाल शान्ती स्काउट र उपकार सेवा नेपालले सेवा गरिरहेको छ ।