Friday, 27, November, 2020

गजराज ट्रष्टबाट टोखामा पीपीई सहयोग

काठमाडौं । गजराज जोशी ट्रष्टले टोखा नगरपालिका वडा नं २ लाई १६ थान पीपीई सहयोग गरेको छ ।

टोखा नगरपालिका वडा नं २ को कोरोना भाइसर संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकका क्रममा गजराज जोशी ट्रष्टका अध्यक्ष रामराज जोशी (मनिष) ले वडा अध्यक्ष दिपकराज जोशीलाई उक्त पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विप्मेट) हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरस संङक्रमण नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई उक्त पीपीई वितरण गरिएको ट्रष्टका अध्यक्ष रामराज जोशी (मनिष)ले बताए । समाजलाई सुरक्षित बनाउने भनेका नै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भएको भन्दै पहिले उनिहरु सुरक्षित रहेमा हामी पनि सुरक्षित हुने जोशीको भनाई छ । पीपीई सहयोग गरेकोमा टोखा नगरपालिकाका वडा नं २ का अध्यक्ष दिपकराज जोशीले यसको सहि सदुपयोग गरिने बचन दिदै गजराज जोशी ट्रष्टका अध्यक्षलाई धन्यवाद ज्ञापन गरेका थिए ।