Tuesday, 24, November, 2020

आइसोलेसनमा मृत्यु भएका थापाको शव अझै उठेन

रुपन्देही । कोरोना विशेष अस्थायी अस्पताल बुटवलको आइसोलेसन वार्डमा मृत्यु भएका वावुराम थापाको शव अझै उठ्न सकेको छैन ।

अस्पतालले उपचारमा लापरवाही गरेकोले ज्यान गएको भन्दै उचित छानविन हुनुपर्ने र आफुले न्याय पाउनु पर्ने माग गर्दै, आफ्ना माग पुरा नभए सम्म श्रीमानको पार्थिव शरिर नवुझ्ने उनको अडान राखेकी छिन् । श्रीमानको मृत्युले अहिले मृतक थापाकी धर्मपत्नी रिता थापा भावह्विल वन्न पुगेकी रिता दुई सन्तानको पालनपोषण कसरी गर्ने भन्ने चिन्ताले थप दुखित भएकी छिन् । वैदेशिक रोजगारीका लागि युईए गएका ३४ वर्षीय बाबुराम थापा चैत ६ गते घर आएका थिए ।

घर आएको भोलिपल्ट ज्वरो आएको उनकी धर्मपत्नी रिताको भनाई रहेको छ । धर्मपत्नी रिताका अनुसार मुर्गियाको आचार्य मेडिकलमा ल्याव परिक्षण गराउँदा आफ्नो श्रीमानलाई टाईफाईड देखिएको र सोही अनुसार औषधि चलाईएको वताउँछिन् ।

धर्मपत्नी थापा भन्छिन, मुर्गियामा उपचार गरेपछि राम्रो भएको र पुनः थापालाई ज्वरो आएपछि थप उपचारका लागि चैत १३ गते ई–रिक्सामा चढेर लुम्बिनी प्रादेशिक अस्पताल गएका उनलाई कोरोना भाईरसको आशंकामा आईसोलेसनमा रहेर उपचार गर्नुपर्ने भन्ने सल्लाह अनुसार उनी चैत १३ गते नै कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएको उक्त अस्पतालले जनाएको छ ।

श्रीमानको मृत्युको खवर सुनेपछि हतार–हतार कोरोना विशेष अस्पताल गएकी मृतक थापाकी धर्मपत्नी रीताले अझैसम्म पनि आफ्नो श्रीमानको मुख हेर्न नपाएको दुखेसो पोखिन् । आफ्नो श्रीमानको मुख हेर्न आफुले धेरै पटक अस्पतालसंग अनुरोध गर्दा पनि मुख हेर्न नदिएको धर्मपत्नी थापाले गुनासो गरिन् ।