Friday, 23, April, 2021

बिपन्नका घरघरमा राहत लैजाने वन म्यान आर्मी

ललितपुर । विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस फैलिन नदिन सरकारले देश लकडाउन गरेको छ । यतिबेला सबैजना घरभित्रै क्वारेन्टाइनमा रहेका छन् । यस्तो बेला बाहिर निस्कनु आफ्नै लागि पनि खतरा हो तर ललिपुर गोदावरी नपा ३ का एक व्यक्ति कहिले कोरोनाविरुद्धको जनचेतनाको अभियानमा निडर भई लागिरहेका छन्। उनि कहिले मास्क बाडिरहेका देखिन्छन् त कहिले सेनिटाईजर र ग्लोप ।

त्यतिमात्र नभई दाल चामल, नुन, तेल, औषधिलगायत सामग्री काँधमा बोकरे गरिब परिवारको ढोका ढोकामा पुग्छन् उनि ।

उनि हुन् चलचित्र चपली हाइटका नायक राज घिमिरे तर उनको काम अहिले कलाकारिता होइन उनि यथार्थमा समाजसेवामा दिनरात खटिएका छन् । समाजसेवी घिमिरे अहिले कोरोनाविरुद्धको सचेतना बोकेर गाँउ–गाउँ डुलीरहेका छन् भने गरिब परिवारलाई राहत वितरण गरिरहेका छन् ।

उनि कोरोनाविरुद्धको सन्देश बाड्दै लगनखेलदेखि  गोदावरी नगरपालिका र बागमती गाउँपालिकाका विकट ठाउँहरुमा पुगीरहेका छन्  ।

उनले यो सहयोग आफ्नो व्यक्तिगत खर्चमा गरिरहेका छन् । सामान्यतया कुनै समूह, संघ संस्था तथा स्थानीय सरकारले गर्नु पर्ने कार्य उनि एक्लोले   गरिरहेका छन् । उनको कार्यले आफुहरुमा समेत उर्जा मिल्ने गरेको स्थानिय हरि महर्जन बताउँछन् । “स्थानीय जनसमुदाय राज जीको कार्यबाट    निक्कै हर्षित छन् ।” उनले भने सरकारले लकडाउन घोषणा गर्नु अगाडि देखि यसै अनुरुपको गतिविधि उनले सञ्चालन गर्दै आएका थिए ।

विपन्नलाई राहत प्याकेज नछुट्याउँदा उनीहरुलाई दैनिकी गुर्जान असहज भइरहेकोले आफू गाउँ गाउँ पुगेको उनको भनाई छ । उनले २० बोरा चामल, हजार पीस मास्क, चार कार्टुन साबुन, सेनिटाइजरलगायत सामग्री वितरण गरेका छन् ।

सरकारले घरबाहिर ननिस्कनु भनेतापनि विपन्नलाई राहत प्याकेज नछुट्याउँदा उनीहरुलाई दैनिकी गुर्जान असहज भइरहेकोले आफू गाउँ गाउँ पुगेको उनको भनाई छ । सरकारले कोरोना संक्रमणको भयलाई ध्यानमा राख्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कनु भनेको छ । तर, दैनिक परिश्रम गरेर छाक टार्दै आएका सर्वसाधारणलाई परेको समस्या राज्यबाट सम्बोधन भने हुन सकेको छैन । त्यसैले आफुले व्यक्तिगत रुपमा भएपनि सहयोग गरिरहेको समाजसेवी घिमिरे बताउछन् ।


त्यति मात्र नभइ उनी गोदावरी नपा र बागमती गाउँपालिकाका कोरोना जोखिम क्षेत्रहरुमा किटनाशक औषधि छर्कन पनि जुटेका छन् । किटनाशक औषधि छर्कनको लागि गोदावरी खोला सरसफाईका संयोजक देवीराज भण्डारी र समाजसेवी सन्तोष कुवँरलगाएत समाजसेवीहरुले उनलाई साथ दिएका छन् ।

सार्वजनिक स्थानमा काठमाडौं महानगरपालिकाले केही दिनयता डिसइन्फेक्सन स्प्रे छर्किरहेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि ‘डिसइन्फेक्सन स्प्रे’ छर्किन गोदावरी नगरपालिकाले वास्ता नगरेपछि गोदावरीका स्थानीय आफैँ यसमा तातेका छन् ।

गोदावरी नगरपलिका वडा नं. ३ का स्थानीय राज घिमिरेले व्यक्तिगत रुपमा डिसइन्फेक्सन स्प्रे छर्किरहेका छन् ।

 

 

यस्तो बेलामा सरकारको मुख ताक्नुभन्दा पनि आफैँले केही गर्नुपर्ने भन्दै ट्यांकी बोकेर स्प्रे छर्न निस्किएको समाजसेवी घिमीरे बताउँछन् ।