Saturday, 25, September, 2021

धनगढीको एक व्यक्तिमा कोरोना भाइरस : नेपालमा अहिलेसम्म चार व्यक्तिमा संक्रमण

काठमाडौं । कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा उनीमा कोभिड १९ पोजिटिभ भेटिएको उनले बताए ।

दुबईबाट आएका उनी २४ वर्षको रहेका छन् । डा. देवकोटाले उपत्यका बाहिर पहिलो पटक कोरोनाको संक्रमण देखिएको र बिरामीको कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको बताए ।

डा देवकोटाले कोरोना संक्रमण राजधानीबाहिर पनि पुष्टि भइसकेको अवस्थामा लकडाउनलाई पालना गरेर घरमै बस्न आग्रह गरेका छन् ।