Friday, 24, September, 2021

चिकित्सक संघद्वारा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई आवश्यक पर्ने सामग्री उपलव्ध गराउन माग

काठमाडौं। नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिम स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई उपचारमा आवश्यक पर्ने आधारभूत सामग्रीहरु उपलव्ध गराउन माग गरेको छ ।

संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर कोरोना भाइरसको संक्रमणको जोखिम मोल्दै उपचारमा संलग्न हुने चिकित्सकहरुको जीवन बिमा र स्वास्थ्य बिमा गराई मनोबल बढाउन समेत सरकारलाई आग्रह गरेको छ ।

यस्तै विज्ञप्तिमार्फत संघले उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षाका उपकरण (पीपीई) लाई लिएर सरकारवालाहरुको अभिव्यक्तिप्रति दुस्ख व्यक्त गरेको छ ।

संघ, प्रदेश र स्थानीय निकायबीच समन्वयकारी भूमिका निर्वाह गर्दै कोरोना भाइरससम्बन्धि जनचेतना फैलाउन अझ बढी ठोस निर्णय गर्न सरकारलाई आग्रह गरेको छ ।