Friday, 23, April, 2021

राहत बाँड्दै समाजसेवी घिमिरे

ललितपुर गोदावरी निवासी समाजसेवी राज घिमिरेले ललितपुरका विभिन्न स्थानमा लकडाउनको अवस्थामा खाद्यान्न अभावमा समस्या खेपिरहेका परिवारहरुलाई राहात वितरण गरेका छन् ।

उनले ललितपुरका गोदावरी, किट्नी, टौखेल, बिष्टछाप, पौडेल र नहर क्षेत्रका १७ गरिव परिवारलाई राहात वितरण गरेका हुन् । अपाङ्गता भएका र विरामी परिवारलाई पनि आफुले सकेको सहयोग गरेको उनले बताए ।

दिनदुःखीलाई आफ्नै व्यक्तिगततर्फबाट नै सहयोग गरेको घिमिरेको भनाई छ । समाजसेवी घिमिरेले यसअघि पनि कोरोना भाइरसविरुद्ध जनचेतनामुलक कार्य गर्दै आईरहेका थिए । उनले ललितपुरका विभिन्न ठाउँमा मास्क, सेनेटाइजरसमेत वितरण गरेका थिए ।

घिमिरे नेकपा ललितपुरको जिल्ला सदस्य, कला तथा संस्कृत विभागका संयोजक पनि हुन् ।