Friday, 23, April, 2021

मनकारी घरबेटी : जसले घरभाडा मिनाहा गरिन्

काठमाण्डौ । काठमाडौं भोटेबहाल निवासी सानुमैया श्रेष्ठले १ महिनाको घरभाडा नलिने घोषणा गरेकी छिन् ।

आफ्नो घरमा भाडामा बस्नेहरुका लागि श्रेष्ठले १ महिनाको भाडा नलिने बताएकी हुन् । कोरोनाको त्रास र आर्थिक मन्दीलाइ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको बताइन् ।

उनले आफुले एक महिनाको भाडा नलिने जानकारी घरभाडामा बस्ने सवैलाई गराएको समेत बताईन् ।

श्रेष्ठले विपत्तीका बेला सबै मिलेर कोरोनाबिरुद्ध लड्नुपर्ने बताउदै अन्य घरबेटीहरुलाई पनि घरमा बस्नेहरु सबै आफ्ना समान व्यवहार गरि सेवा गर्न आग्रह गरिन् ।