Friday, 23, April, 2021

वीरगञ्जका व्यवसायी शिव रुङ्गटालाई काेराेना नेगेटिभ (रिपोर्ट सहित)

काठमाडौं । वीरगञ्जका व्यवसायी शिव रुङ्गटालाई कोरोना नभएको पुष्टि भएको छ । उनका बाबु मुरलीधर रुङ्गटाले आफ्नो छोरालाई कोरोना पुष्टि नभएको रिपोर्ट अस्पतालले दिएको बताए । रुङ्गटा उपचाररत पटनाको राजेन्द मेमोरियल रिसर्च इन्सिच्युट अफ मेडिकल साइन्सले कोरोना नेगेटिभ आएको जानकारी आफन्तलाई दिएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि शिव रुङगटालाई स्थानिय अस्पतालमा परिक्षण गरिएको र थप उपचारका लागि पटना पठाइएको थियो । केहि समयअघि सञ्चारमाध्यममा उनको रिपोर्ट पोजेटिभ आएका हल्ला फैलिएको थियो ।