Thursday, 23, September, 2021

कोरोना भाइरसबारे सचेतना फैलाउदै नायक घिमिरे

ललितपुर । चपली हाइटका नायक राज घिमिरेले गोदावरी नगरपालिकाका विभिन्न स्थानमा सचेतनाका कार्यक्रम संचालन गरेका छन् ।

समाजसेवी एवं ललितपुरका युवा नेता समेत रहेका घिमिरेले गोदावरी नगरापलिका अन्तर्गतका वडा नं. २, ३, ४, १३, १४, १०, ११ मा सचेतना कार्यक्रम आयोजना गरे । उनले कोरोना भाइरसबारे बच्ने उपायको माइकिङ गर्नुका साथै माक्स र सेनिटाइजर समेत निःशुल्क बाडेका थिए ।

 

गोदावरी नगरपालिकाका बाँकी वडाहरुमा कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने घिमिरेले जानकारी दिए ।

उनले विपद्का बेला घरभित्र मात्र नबसी सकेको सहयोग सबैले गर्नुपर्ने भन्दै युवाहरुलाई सचेतनामुलक कार्यक्रममा सहभागी भई कोरोना भाइरसबारे सर्तकता अपनाउन अनरोध गरे ।