Friday, 24, September, 2021

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि चैत २ गते कास्की केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको केन्द्र विन्दू चीनमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।