Friday, 23, April, 2021

कोरोनाबाट विश्वभर ८ हजार ९७० जनाको मृत्यु

चैत ६, काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको ‘कोरोना भाइरस’को संक्रमणका कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरि दुई लाख १९ हजार ३५७ जना कोरोनाभाइरस संक्रमित भएका छन् ।

संक्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २४ हजार ६११ व्यक्ति हाल संक्रमित रहेका जनाइएको छ ।

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण हालसम्म १७६ ओटा देशमा देखा परिसकेको छ ।