Friday, 23, April, 2021

एसइइ परीक्षा रोकियो 

काठमाडौं, ५ चैत । एसइइ नरोक्ने भनिरहेको बेला सरकारले अन्तिम समयमा आएर एसइइ परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । भोलि चैत्र ६ गते बिहिबारदेखि सुरु हुने तय भएको परीक्षा अन्तिम समयमा आएर रोक्ने निर्णय भएको हो । शिक्षा मन्त्रालय श्रोतका अनुसार कोरोना भाइरसको कारण एसइइ परीक्षा रोक्नुपरेको हो ।

यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसइइ परीक्षा दिँदै थिए । यसअघि सरकारले एसइइ परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।