Saturday, 16, January, 2021

गोदावरीमा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको शिलान्याश

ललितपुर । ललितपुरको गोदावरीस्थित राममन्दिर परिसरमा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको शिलान्याश गरिएको छ । प्रदेश सासंद लालकुमारी पुन तथा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विहीबार विधिवत् रुपमा जग पूजा गरेका हुन् ।

दिवा सेवा केन्द्र निर्माणको पवित्र उद्देश्य राखेर गतफागुन २१ गतेबाट याहाँ श्रीमद भागवत महायज्ञबाट लगाइएको थियो । महायज्ञमा दिवा सेवा केन्द्र निर्माणका लागि उल्येख्य प्रतिवद्धता आएको कारण जग पूजा गरिएको मुल आयोजक कमिटीका अध्यक्ष राज घिमिरेले बताए ।

उनले महायज्ञबाट आएको सहयोगको सदुपयोग छिट्टै गरिने भएकोले पनि महायज्ञ समापनको दिन नै शिलान्यास गरिएको बताए । जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माणका लागि सिमेन्ट, वालुवा, रोडाजस्ता पातादेखि रडसम्म दिने दाताहरु आएकोले आफुहरु ज्यादै उत्साही भएको उनले बताए । साथै श्रीमद् भागवत महायज्ञमार्फन् जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना हुनु अन्त्यन्त राम्रो कार्य भएको भन्दै राजनीतिक दलका सासंद लगायतको सहयोगको प्रतिबद्धता आएको उनले बताए ।

सहयोग नगद र जिन्सीका एकमुष्ट हिसाव निकाल्न बाँकी रहेको अध्यक्ष घिमीरेले बताए । केन्द्र निर्माणका लागि ललितपुरका सासंद नवराज सिलवालले सासंद विकाश कोषबाट २५ लाख बजेट हाल्ने घोषणा गरेका छन् ।

ललितपुरकी प्रदेश सासंद लालकुमारी पुन सुशीलले केन्द्र निर्माणका लागि प्रदेश सरकारबाट बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
दिवा सेवा केन्द्र निर्माणका लागि श्याम मुग्राती, रछाने मुग्राती, भाइराज बिसुन्खे लगायत ७ जनाले ६३ हजार बराबरको श्रम दानदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरि, गोेदावरी ५ का वडाध्यक्ष बिष्णु महर्जनले ३ टिपर रोडाको हुन आउने ९० हजार प्रदान गर्ने, स्थानीय गणेशबहादुर सिलवालबाट ५५ हजार पाचसय गोदावरी २ महादेवडाडाका स्थानीय राजाराम सिल्वाल र श्रीमती लक्ष्मी सिल्वालले रु.५१,१११, स्थानीय कृष्ण काजि बस्न्यातले नगद रु. ७०,०००, शान्भी खत्रीले रु ६६६६ प्रदान गर्ने घोषणा गरेका छन् ।