Friday, 23, April, 2021

टौखेलमा लगाएको सप्ताहको रकम अब बन्ने जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा दान गरौं : उपमेयर मुना अधिकारी

ललितपुर । गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले केहि बर्ष पहिला गोदावरी नगरपालीका ३ टौखेलमा लगाएको सप्ताहबाट संकलित रकम सदुपयोग नभएको गुनासो गरेकी छन् । गोदावरी नगरपालिका ३ नहर राम मन्दिरमा फागुन २१ गतेदि सञ्चालित जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माणार्थ श्रीमद् भागवत महायज्ञको छैठौं दिन महायज्ञमा उपस्थित हुनु भएकी उप मेयर अधिकारीले अस्पताल निर्माण गर्ने उदेश्यले १० वर्षअघि टौखेलमा ४५ लाख रुपैया संकलन गरिएपनि आजका दिनसम्म अस्पताल निर्माणको कुनै पहल नभएको बताएकी हुन् ।

उनले तत्काल सो रकम जेष्ठ नागरिकहरुको निम्ती निर्माण हुने जेष्ठ नागरिक दिवा सेवा केन्द्र बनाउने अभियानमा सदुपयोग गर्न आग्रह गरिन् । उपमेयर अधिकारीले दिवा सेवा केन्द्र बनाउने अभियान अति राम्रो,अति सान्दर्भिक भएको बताउदै यस अभियानमा आफ्नो ब्यक्तिगत तर्फबाट अनि नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने बताईन् ।

महायज्ञमा अत्यन्त ठुलो जनमासको सद्भाव,सहयोग देख्दा आफुलाई अन्यत्न खुशि लागेको उनले बताईन् । यस अभियानको पुर्ण सफलताको कामना पनि उनले व्यक्त गरिन् ।