Thursday, 10, June, 2021

गोदावरीमा महायज्ञको तयारी तिव्र

ललितपुर । गोदावरीमा फागुन २१ गतेबाट शुरु हुने सप्ताह महायज्ञको  तयारी तिव्र पारिएको छ । जेष्ठ नागरिक दिवा स्याहार केन्द्र बनाउने उद्धेश्यले गोदावरीमा बृहत श्रीमद भागवत महायज्ञ सञ्चालन हुदैछ ।

फागुपूर्णिमाको अवसरमा आध्यात्मिक चिन्तनद्धारा राष्ट्र शान्ति एवं समस्त ज्ञात, अज्ञात आत्माहरुको मोक्ष प्राप्तीका लागि राम मन्दिरमा परिषरमा महायज्ञ आयोजना गर्न लागिएको यज्ञ मूल समारोह समितिका अध्यक्ष राज घिमिरेले जानकारी दिए ।

महायज्ञको तयारी र प्रचारप्रसारका लागि ललितपुरका यूवाहरुले राष्ट्रिय झण्डा सहितको मोटरसाइकल -याली निकालेका छन् । गोदावरी नहरस्थित राममन्दिर परिसरमा बृद्धबृद्धा स्याहार केन्द्र निर्माणका लागि आयोजित श्रीमद् भागवत महायज्ञको प्रचारका लागि शनिबार गोदावरीका युवाहरुले मोटरसाइकल -यालीको आयोजना गरेको यज्ञ मुल समारोह समितीका अध्यक्ष राज घिमिरेले बताए । गोदावरी ३ राममन्दिरबाट निस्केको -याली विशंखु नारायण मन्दिर,गोदामचौर,ठैव,झरुवाराशी मन्दिर, बज्रवाराही, चापागाँउ बडिखेल, टौखेल हुँदै गोदावरी पुगेर टुंगिएको थियो । -यालीमा १५० वटा मोटरसाइकलसंगै गाडीसमेत रहेको थियो ।

फागुन २१ बुधबारबाट २९  गतेसम्म सञ्चालन हुने भागवत महायज्ञमा नारीरत्न विदुषि अनुराधा शाश्त्रीबाट संगीतमय प्रवचन हुँदैछ । १०८ श्रीमत् भागवत महायज्ञ संकल्पकर्ता मुमुक्षु उद्धव शर्माको व्यवस्थापन रहनेछ । जीवनको उत्तराद्र्धमा पुगेका बृद्ध बृद्धाहरुका दैनिक जीवन सहज बनाउन यस केन्द्र निर्माण गर्न लागिएको अध्यक्ष राज घिमिरेले बताए । यस केन्द्र स्थापनापश्चयात् विभिन्न संघ संस्थाहरुको सहयोगमा बृद्ध सम्मान, निःशुल्क स्वास्थ्य जाँच,मिष्ठान्न भोजन गराउने लक्ष्य रहेको घिमिरेले बताए ।

महायज्ञको उद्घाटन समारोहको निमन्त्रणा बृद्ध बृद्धाको हातबाट प्रदान गरिएको छ । पवित्र उद्धेश्यले सञ्चालन गरिन लागेको सप्ताह महायज्ञ श्रवण गर्न र ज्ञान लिन सम्पूर्ण महानुभावलाई  आह्वान गरेको अर्का अध्यक्ष मनोहर सिल्वालले बताए । निमन्त्रणा दिन छुटेका र टाढा भएका महानुभावहरुलाई पनि सूचनाकै आधारमा निम्ता गरिएको सिल्वालले बताए ।