Thursday, 10, June, 2021

सञ्चारकर्मी अधिकारी सम्मानित

विगत लामो समयदेखि पत्रकारीता क्षेत्रमा उल्लेखनीय योगदान दिदै हाल एबिसी टेलिभिजनमा समचार बाचिका एवं कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत सन्तोषी अधिकारीलाई फोकस नेपालले सातौ वार्षिकोत्सवका अवसरमा विशेष सेवा सम्मान–२०७६ बाट सम्मान गरेको छ ।

डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा रहि समाजको लागि योगदान र्पुयाउँदै आएकी पत्रकार अधिकारीलाई महिला, बालबालीका र स्वास्थ्य क्षेत्रमा कलम चलाउदै बिकास र सामााजिक सेवामा पुर्याएको योगदान स्वरूप सम्मान गरिएको आयोजक संस्था फोकस नेपालले जनाएको छ ।

“समूद्वीका लागि सहकार्य राष्ट्रको निम्ति अपरिहार्य” विषयक विचार गोष्ठी, श्रष्टा सम्मान तथा विशेष साँस्कृतिक कार्यक्रमकाबिच बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेत सम्मान गरेका हुन् । यसैगरि, कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार दिलिप थापा मगरलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेतले विकास र समृद्धिका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । उनले चीन र युरोप जस्ता देशहरू पनि लामो समयको संघर्षपछि आजको अवस्थामा आएको भन्दै नेपालमा पनि बिकासको प्रचुर संभावना रहेको दावी गरे । नेपाल कुनै समय कालमा द्वन्द्वमा फसेता पनि अब समृद्धि तर्फ लम्केको बताए ।

कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए । कार्यक्रममा विभिन्न विधामा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।