Tuesday, 08, June, 2021

सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने भएको छ ।

बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीहरुको उद्दार गर्न सरकारको तयारी छ ।

यसका लागि दूताबासको फारम भरेर दूतबासमा इमेल गर्न समेत आग्रह गरिएको छ । यस्तो फरम २ फेब्रअरी ९ को ९ बजेसम्म दूताबासलाई beijing@nepalembassy.org.cn मा इमेल गरिसक्नुपर्नेछ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित वुहानमा एक सयभन्दा बढी नेपाली भएको बताइएको छ ।

वुहानमा रहेका नेपाली चिकित्सक डा. रमेश आचार्यका अनुसार विभिन्न देशले आफ्ना नागरिकको उद्धार गरिरहेकधा छन् । सबैले निरन्त सुरक्षित हिसाबले आफ्ना नागरिकहरु स्वदेश फर्काइरहेका छन् । अब नेपालले पनि छिटोभन्दा छिटो नेपालीहरुको उद्धार गर्नुपर्छ । चिनमा रहदा मनोवैज्ञानिक असर परिरहेको छ । आधिकाँश त्रासमा बसिरहेका छन् ।

पछिल्लो समय अरु देशले पनि वुहानमा रहेका आफ्ना नागरिकको उद्दार गरेको छ । त्यहाँ रहेका नेपालीहरूले पनि सरकारसँग सहयोग मागेपछि काठमाडौंस्थित चिनियाँ दूताबासले नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको थियो ।

वुहानमा रहेका नेपाली चिकित्सक डा. रमेश आचार्य यसो भन्छन् :

हाल यस प्रान्तमा सय बढी नेपाली विद्यार्थी छन् । कुनै पनि नेपालीलाई अनुमतिबिना विश्वविद्यालयले बाहिर जान रोक लगाएको छ । यहाँबाट सबै उडान बन्द छन् । लामो तथा छोटो दूरीका सवारीसाधन अनिश्चितकालीन बन्द गरिएका छन् । आपतकालीन उद्धारका लागि एक किलोमिटरको दूरीमा एम्बुलेन्स र मेडिकल तयारी अवस्थामा राखिएको छ ।

यो भाइरस स्वयानान सी फुड मार्केटमा पहिलोपटक ७१ वर्षका चिनियाँ नागरिकमा देखिएको थियो । अहिलेसम्म ८ हजार नागरिक उच्च निगरानीमा छन् । अहिलेसम्म नेपाली सकुशल अवस्थामा छन् । १ सय ९६ नागरिकको जतिखेर पनि मृत्यु हुन सक्ने भन्दै उपचार प्रक्रिया थालिएको छ । यस्तै, १ हजार ९ सय जना उपचाररत छन् । यस्तै, उहानका ८ हजार बढी स्थानीय नागरिक उच्च निगरानीमा छन् ।

लक्षणहरू
– चारदेखि सात दिनसम्म नाकबाट रुघाजस्तो पानी बग्ने
– १०औं दिनदेखि १६औं दिनसम्म १०४ डिग्रीको उच्च
ज्वरो आउने
– एक सातापछि रातिको समयमा सुख्खा खोकी लाग्ने
– श्वासप्रश्वासमा अप्ठ्यारो हुने
– १३औं दिनदेखि टाउको
दुख्न थाल्ने
– एक्सरे गर्दा भाइरल निमोनिया देखिने
– १३ देखि १५ दिनसम्म लिम्फोसाइट्स र डब्लूबीसीको लेभल घट्ने
– भाइरल निमोनियाका कारण मृत्यु हुन सक्ने

बच्ने उपाय
-सजिर्कल मास्क प्रयोग गर्ने
– प्रशस्त मात्रामा झोलिलो
पदार्थ पिउने
– रुघाखोकी लाग्दा टिस्यु पेपर वा सफा कपडाले नाक छोप्ने
– बंगुर, कुकुर, बिरालो, सर्प, घोडा, चमेरोबाट टाढा रहने
– भीडभाडमा नबस्ने
– खाना खानुअघि, खाना खाइसकेपछि वा अन्य समयमा १० देखि १५ पटकसम्म साबुन पानीले
हात धुने
– बिरामी मानिसको सम्पर्कमा नआउने