Friday, 07, May, 2021

‘सरकार र प्रतिपक्षी दलहरुले सिमा विवादका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न जरुरी छ ’: सुजाता कोइराला

विराटनगर। नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा महिला नेत्री सुजाता कोइरालाले नेपाली भुमी अतिक्रमणका विषयमा बहस आवश्यक भएको बताएकी छिन्। सरकार र प्रतिपक्षी दलहरु समेत सिमा विवादका विषयमा मौन रहेको आरोप लगाउदै उनले सरकार र दलहरुको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेकी छिन ।

प्रेस युनियन मोरङले शनिवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भूमि अतिक्रमणका विषयमा बहस आवश्यक भएको र त्यसका लागि दुई देशबिच संम्वादको आवश्यकता रहेको औल्याइन् ।

नेपाली भूमी कालापानी, लिपुलेक र लिप्पियाधुरा भारतले प्रयोग गर्ने भए त्यसको सट्टामा भारतले मेची देखि बङ्गलादेश जोडिने समुद्रसम्मको भाग दिन लिन सकिने तर्क गरिन । यसवाट व्यापार सहित आन्तरिक समृद्धि आउने बताइन् । सिमा अतिक्रमणका विषयमा कोही पनि नबोल्ने तर आफुले देशकै हितमा बोल्दा विवादास्पद टिप्पणी भएकोमा आश्चर्य ब्यक्त गरिन्।

यस्तै, एमसीसीका विषयमा पनि सरकार र दलहरुले जनताको भावना जितेर पास गर्नु पर्ने उल्लेख गर्दै विवादास्पद विषय र बुंदाहरुलाई परिमार्जन गरेर एमसीसी पास गर्न पर्ने बताइन् ।

त्यसै गरी काङ्ग्रेस भित्रको आन्तरिक कलह समाप्त नभए पार्टीको अस्तित्व खतरामा पर्ने भएकाले कार्यकर्ताहरुले खवरदारी गर्न आवश्यक भइसकेको बताइन् । उनले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरेकी छिन।