Tuesday, 02, March, 2021

स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रतिबद्ध छु : स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । नेपाल अर्वुदरोग निवारण संस्थाका पदाधिकारीसँगको भेटमा मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको विकास र सुधार आफ्नो प्राथमिकतामा रहेका कारण सबैसँग मिलेर अघि बढ्ने बताउनुभएको थियो । नेपाल अर्बुदं रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष ईश्वर श्रेष्ठ, उपाध्यक्ष कृष्ण बस्नेत, महासचिव विमल होडा कार्यलय प्रमुख शुरेस सापकोटालगायतका पदाधिकारीले मन्त्री ढकालसमक्ष भेटघाट गरेका थिए । प्रतिनिधिमण्डलले संस्थाले हालसम्म गरेका गतिविधि, संस्थाको आसन्न २९औ केन्द्रिय अधिवेशन, नेपाल अर्बुद रोग निवारण संस्था,भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्था र समस्याका समाधानका लागि मन्त्रालयले चाल्नुपर्ने कदमका बारेमा मन्त्री ढकाललाई जानकारी गराएको थियो साथै नेपाल अर्बुद रोग निवारण संस्था,लाहान क्यान्सर कियर सेन्टरबारे पनि जानकारी गराइएको संस्थाले जनाएको छ ।