Tuesday, 02, March, 2021

लामोसाघु जिरी सडकखण्डमा बस दुर्घटना १२ भन्दा बढीको मृत्यु , थप विवरण आउन बाँकी

काठमाडौं, २९ मंसिर । कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बस दुर्घटना हुँदा १२ भन्दा बढीको मृत्यु भएको छ ।


बा २ ख ४४६८ नम्बरको बस लामोसाघु जिरी सडकखण्डको ६ किलोमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा १२ जनाको शव फेला परिसकेको डिएसपी माधव काफ्लेले जानकारी दिए । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।