Wednesday, 24, February, 2021

धनुषा बम विस्फोट, ३ जनाको मृत्यु

जनकपुर । धनुषाको महेन्द्रनगरमा बम विस्फोट ३ जनाको मृत्यु भएको छ । बम विस्फोटमा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको मृत्यु भएको छ। क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर शुक्रबार मध्यराति भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल सख्त घाइते भएका थिए ।
प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए।

राजेश साहको घरको शौचालय अगाडि बम राखिएकोमा जानकारी पाएलगत्तै बम राखिएको स्थानमा प्रहरी टोली पुगेको थियो। बम राखिएको सूचना पाएर घटनास्थल पुगेको प्रहरी टोलीले वम डिस्पोजल टोलीलाई खबर गर्नुको साँटो आफै निकाल्न थालेको थियो।

वम निकाल्ने क्रममा अचानक भएको विस्फोटमा परि घरमुली र उनका छोराको घटनास्थलमै र प्रहरी नीरिक्षक दाहालसहित प्रहरीकै एक जवान सख्त घाइते भएकोमा उपचारका क्रममा प्रहरी निरीक्षक दाहालको पनि मृत्यु भएको हो । बम विस्फोटमा घाइते प्रहरी जनाव रिजनाथ कुमार महतो, विस्फोटमा मृत्यु भएका राजेश्वरकी छोरी १९ वर्षीया अञ्जली साह र छोरा १५ वर्षीय प्रकाश साह घाइते भएका छन्। उनीहरुको धरानमा उपचार भइरहेको छ।