Wednesday, 09, June, 2021

कपिलवस्तुको बालकल्याण आधारभूत विद्यालय को ३० औ वार्षिक उत्सव भव्यताकासाथ सम्पन्न

२३ मंसिर, काठमाडौं । कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ भलवाड मा रहेको बालकल्याण आधारभूत विद्यालय को ३० औ वार्षिक उत्सव भव्यताकासाथ सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक गोमा गिरीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।यसका साथै कार्यक्रममा स्थापना कालदेखि विद्यालयको शैक्षिक, भौतिक, आर्थिक रुपमा सहयोग गर्ने सामाजिक व्यक्तित्व तथा संस्थापक शिक्षक बिष्णु प्रसाद भुसाल, नरेन्द्र बहादुर बेल्बासे र विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरुलाई विद्यालयले सम्मान पनि गरेको छ ।

त्यस्तै वडा अध्यक्ष विशिष्ट अतिथि धुर्ब बेल्बासे ले विद्यालयको वडासँग समन्वय र सहकार्य गरि अगाडि बढ्न सुझाब दिदै आफुले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।