Saturday, 27, February, 2021

गुठीकै अध्यक्ष सार्वजनिक जग्गा हडप्ने दाउमा

ललितपुर । गोदावरी नगरपालिका वडा नं ३  किटिनी सिभिल होम नजिक रहेको करिब ७ रोपनी सार्वजनिक  जग्गा किटिनी समाज कल्याण गुठीका अध्यक्ष यादब सिलवालले आफ्नो नाममा पार्न लागेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

सोहि वडा निवासी किटिनी समाज कल्याण गुठीका अध्यक्ष सिलवालले हडप्ने योजनाले जग्गा वरिपरी जस्ताले बारेर दर्ता प्रकृयामा अगाडी बढाएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् ।

गोदावरी खोला करिडोरमा जोडेर उनले भोगचलन पहिलेदेखि नै गर्दै आएको र हाल भने आफ्नो नाममा दर्ता नै गर्न लागेको भन्दै स्थानीय आक्रोशित भएका छन् । करिब सात रोपनी सार्वजनिक जग्गा हाल प्रतिआनाको १२ लाख अन्दाजी पर्ने एक स्थानियले बताए ।

धेरै समय पहिले उनलाइ एक प्रधानपन्चले भोग चलन गर्नु भनी एक पत्र दिएको र सो आधारमा सिलवालले सो जग्गा लामो समय देखी हडप्दै आएका थिए ।
त्यति मात्र नभइ उनै यादब सिलवाललेे किटिनी मै अबस्थित सिद्देश्वर स्कुल रहेको अन्दाजी ५ आना जग्गा पनि केहि स्थानियको सहयोगले आफ्नै हो भनी स्कुल टहरा भत्काइ त्यहाँ आफ्नो घर निर्माण गरेका छन् । गुठीको अध्यक्ष पदको आडमा सार्वजनिक जग्गा आफ्नो नाममा पार्दै आएको भन्दै स्थानीयले सम्बन्धित निकाय गुहारेका छन् ।


खोलाको सो ७ रोपनी जग्गा पैसाको चलखेलमा वरपरमा मानिसलाई प्रभावमा पारी दर्ता गरी आफ्नो बनाउने दाउमा लागेको भेटिएको हो ।
सार्बजनिक जग्गा सरकारले संरक्षण गर्ने अभियान चाल्दै गर्दा राजधानिको यति नजिक अति बहुमुल्य जग्गा भुमाफियाहरुले आफ्नो बनाउन खोजेको नाम नबताउने सर्तमा एक स्थानियले रियलपाटीलाई बताए ।

घाट नजिकैको सो जग्गा खुल्ला राख्दा मलामी अनि घाटलाइ सहज हुने देखिएको छ । यस्तो कार्यलाइ तत्काल रोकी सार्बजनिक जग्गाको संरक्षण गर्न जरुरी रहेको वडा कार्यलयका एक कर्मचारीले बताए ।