११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा ५ वटा वडाको मतगणना भइसकेको छ । वडा नम्बर ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ । अब वडा नम्बर १५ को मतगणना थालिएको छ ।
कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कुल मतदाता संख्याको ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।