Saturday, 28, November, 2020

उपनिर्वाचन अपडेट : नौ ठाउँमा नेकपा विजयी

काठमाडौँ, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनमा ६५ दशमलव ४३  प्रतिशत मत खसेको छ । उपनिर्वाचनमा दुई लाख ९७ हजार एकसय ३७ जनाले  मतदान गरेको हुँदा सरदर ६५ दशमलव ४३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । शान्तिपूर्ण भएको मतदानमा छिटफुट घटनाबाहेक मतदाताको उत्साहजनक सहभागिता भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

त्यसैगरि अहिलेसम्ममा  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले उपनिर्वाचनमा अहिले सम्म नौ ठाउँमा विजय प्राप्त गरिसकेको छ ।

उपनिर्वाचन २०७६ हालसम्मको आधिकारिक परिणाम

1 .थवाङ,१ रोल्पा नेकपा बिजयी
2. कुमाख,५ सल्यान नेकपा बिजयी
3. पुनर्वास,३ कंचनपुर नेकपा बिजयी
4. सुन्दरबजार,२ लम्जुङ नेकपा बिजयी
5. बाग्लुङ बडिगाड – २ नेकपा विजयी
6. सिन्धुपाल्चोक इन्द्रावती-८ नेकपा बिजय
7. काठमाडौ,दक्षिणकाली -३ नेकपा विजयी
8. काभ्रे ,धुलिखेल -२नेकपा विजयी
9.खोटाङ ,साकेला -३ नेकपा बिजयी

मुलुकका ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।