Wednesday, 25, November, 2020

टिलपिल टिलपिल तारा लिएर आईन् संगिता(भिडियोसहित)

समीर नेपाल

६ मङ्सिर,काठमाडौं

बिगत दुई दशक देखि सांगीतिक क्षेत्रमा एकक्षत्र राज गर्दै सयौभन्दा बढी गीतको नृत्य निर्देशन गरिसकेकि संगिता श्रेष्ठले फेरि एउटा फरक शैलीको टिलपिल टिलपिल ताराु नामक गीत बजारमा ल्याएकीछिन् ।

गीतमा चर्चित नायिका शुपुष्पा भट्टको अभिनय रहेको छ। रणवीर चलचित्र बाट डेबियु गरेकी शुपुष्पाले छ माया छप्पकै जस्ता हिट चलचित्रमा काम गरिसकेकिछिन् । उनी अहिले चपली हाइट ३ मा मुख्य भुमिकामा काम गर्दैछिन ।

टिलपिल टिलपिल ताराु गितमा शुपुष्पा सङ्ग रोहन नेपाली र अजय पुनको फिचरिङ गरेका छन् । ।गीतमा सुमन श्रापितको शब्द र जीवन परियारको संगित रहेको छ भने मेलिना राई र बिक्रम जङ्ग शाह को स्वर रहेको छ । शिवराम श्रेष्ठको छायांकन र रोहन अशिफ को कोरियोग्राफी रहेको छ।