Friday, 27, November, 2020

नेशनल मेडिकल कलेजका विद्यार्थीबीच झडप, धर्नामा विद्यार्थी

वीरगन्ज,  सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत नेशनल मेडिकल कलेजका विद्यार्थीबीच झडप भएको छ। कलेजका धर्नामा बसेका जुनियर एमबीबीएस पहिलो वर्षमा अध्ययनरत ० र आन्दोलनको विपक्षमा रहेका सिनियर  दोश्रो , तेश्रो र चौथो वर्षमा अध्ययनरत सिनियर विद्यार्थीबीच शुक्रबार साँझ झडप भएको हो।

कलेजले लिएको बढी शुल्क फिर्ताको माग गर्दै एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी शुक्रबार दिउँसो २ बजेदेखि नै धर्नामा बसेका थिए।
धर्ना सकेर आन्दोलनरत जुनियर विद्यार्थी कलेज हातामै रहेको होस्टेल ९छात्रवास० मा प्रवेश गर्ने क्रममा सिनियर विद्यार्थीले हातपात गर्दै होेस्टेलमा छिर्न नदिएपछि दुवै पक्षबीच झडप भएको हो।

होस्टेल परिसरमा छिर्ने क्रममा कलेज प्रशासनले खटाएका सिनियर र बाहिरका केही मान्छेले आफूहरूमाथि कुटपिट गरेको आन्दोलनरत एक छात्रले बताए। उनले कलेज प्रशासनबाटै आफूहरू असुरक्षित रहेको दाबी गरे।

झडपपछि पुगेको प्रहरी टोलीले उल्टै कुटपिट गर्ने सिनिनिर विद्यार्थीलाई सुरक्षा दिएर होस्टलमा फर्काएर लगेको ती छात्राले बताए। यसअघि आन्दोलनरत विद्यार्थीले बिहीबार पनि कलेजमा धर्ना दिएका थिए। तर, धर्नामा बसेकै कारण कलेज प्रशासनले ६ घण्टासम्म होस्टलमा प्रवेश गर्न रोक लगाएको विद्यार्थीले बताएका छन्।

नेशनल मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएपछि त्यहाँ एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थी एक महिनादेखि आन्दोलनमा छन्।

शिक्षा मन्त्रालयले बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई निर्देशन हित कारबाहीको चेतावनी दिइसकेको छ। तर, सरकारको उक्त निर्देशन अटेर गर्दै नेशनल मेडिकल कलेजले बढी शुल्क फिर्ता नगरेपछि आन्दोलनरत विद्यार्थी बिहीबारदेखि पुनः धर्नामा बसेका हुन्।

गैरकानुनी तरिकाले उठाइएको शुल्क फिर्ता गर्न सरकारले अल्टिमेटम दिँदा पनि कलेज प्रशासनबाट कुनै प्रतिक्रिया नआएपछि धर्नामा बस्नु परेको आन्दोलनरत विद्यार्थीले बताएका छन्। यता नेशनल मेडकल कलेजका प्रबन्ध निर्देशक एंव संचालक बसरुद्धिन अन्सारीले भने जुनियर विद्यार्थीको आन्दोलनका कारण परीक्षासमेत प्रभावित भएको बताए। ‘जुनियर विद्यार्थीको आन्दोलनको कारण अरू पढ्ने विद्यार्थीलाई नोक्शानी भइरहेको छ’, उनले भने, ‘त्यसैले सिनियर विद्यार्थीहरू आफैँ आन्दोलनको विरोधमा छन्।’