Wednesday, 25, November, 2020

मनोसामाजिक समस्या बिषयमा अभिमुखिकारण तालिम

धादिङ । थाक्रे गाउँ पालिकाका जनप्रतिनिधि , बिधालयका शिक्षक, स्बास्थ्य कर्मी , समाजसेवी , स्थानिय राजनीतिक दलका प्रतिनिधि लगायतका ब्यक्तीहरुका लागि मनोसामाजिक समस्याका बिषयमा एक दिने अभिमुखिकरण तालिम सम्पन्न भयो ।

मानसिक एवं मनोसामाजिक सु स्बास्थ्यको राष्ट्रिय अभियान नेपालको प्राबिधिक सहयोग र थाक्रे गाउँ पालिकाको आयोजनामा सम्पन्न उक्त अभिमुखिकरण तालिमको सहजिकरण मनोबिद गोपाल ढकालले गरेका थिए । सोही कार्यक्रमका बिच दस बर्ष भन्दा लामाो समय देखी सडकमा बस्दै आएका जनक नामका मनोरोगिको उद्दार समेत गरिएको छ ।म

अभियान तथा गाउँ पालिकाको पहलमा उद्दार गरिएका उनलाई हाल मनोरोग उपचार तथा पुनःस्थापना केन्द्रमा राखिएको छ । कार्यक्रममा बोल्दै गाउँ पालिकाका अध्यक्ष राम कुमार आचार्यले आफ्नो ठाउँलाई सडक मानव मुक्त बनाउने उदघोष गर्नु भएको छ ।

उपाध्यक्ष अम्बिका रुपाखेतिले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै लामो समय देखि जनकलाई उद्दार गर्ने आफ्नो योजनामा सफल भएकोमा खुशि ब्यक्त गर्नु भयो ।