Wednesday, 25, November, 2020

बिरामीको मन जित्दै अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर

आयुर्वेद उपचार वैदिक कालदेखी चलिआएको बिश्वसनिय उपचार पद्धति हो । नेपालमा पाईने बहुमुल्य जडिबुटीको माग संसारभर बढिरहेको छ । यिनै स्वदेशी जडिबुटीलाई सदुपयोग गर्दे बिरामीको आयुर्वेदिक एबम् प्राकृतिक बिधिबाट सफल उपचार गर्न अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर स्थापना भएको छ ।

अन्यन्त्र ठाउमा धाउदा पनि रोग निको नभएका बिरामीहरु अन्तिम आशा लिएर अष्टाङ्ग आयुर्बेद हस्पिटलमा आउने गर्दछन् । आयुर्वे्दिक औषधीहरुमा साईड ईफेक्ट नहुने, ढिला भएपनि रोग पुर्ण रुपमा निको हुने र रोग दोहोरिने सम्भाबना पनि कम भएकाले यसमा धेरै मानिसको चासो र मोह बढ्दै गएको हो । लामो समयदेखि उपचार गराउदा र धेरै अस्पताल धाउदासमेत निको नभएको रोग अष्टाङ्ग आयुर्बेद हस्पिटलमा आएपछि निको भएको बताउछिन् , काठमाडौं कोटेश्वरकी विनीता कार्की ।

त्यतिमात्र नभइ उनले आफुलाई निको भएपछि बुवालाई पनि उपचारका लागि अष्टाङ्ग आयुर्बेद हस्पिटलमा नै ल्याएको बताउछिन् । उनका बुवा ज्ञानबहादुर कार्की पनि आफुलाई अष्टाङग आयुर्बेद हस्पिटलमा आएपछि हातखुट्टाको दुखाई कम भएको बताउछन् । पहिले हिड्न, उठ्न बस्न समेत गाह्रो हुने गरेकोमा अहिले आफु हिडेरै अस्पताल आइपुगेको आफ्नो अनुभव उनले सुनाए ।

यी त केहि बिरामीका प्रतिनिधी मात्र हुन् । अष्टाङ्ग आयुर्वेद हस्पिटलमा उपचार पाएर धेरैले जिवनदान पाएका छन् । अष्टाङग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरमा खासगरी देशका बिभिन्न अस्पतालमा उपचार गरेर निको हुन नसकेका दुखाई सम्बन्धि रोगका बिारमीहरु बढि आउने गरेको अस्पतालका अध्यक्ष हृदयनारायण चौधरी बताउँछन् ।

आयुर्वेद उपचार वैदिक कालदेखी चलिआएको बिश्वसनिय उपचार पद्धति हो । नेपालमा पाईने बहुमुल्य जडिबुटीको माग संसारभर बढिरहेको छ । यिनै स्वदेशी जडिबुटीलाई सदुपयोग गर्दे बिरामीको आयुर्वेदिक एबम् प्राकृतिक बिधिबाट सफल उपचार गर्न अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर स्थापना भएको छ ।

आयुर्वे्दिक औषधीहरुमा साईड ईफेक्ट नहुने, ढिला भएपनि रोग पुर्ण रुपमा निको हुने र रोग दोहोरिने सम्भाबना पनि कम भएकाले यसमा धेरै मानिसको चासो र मोह बढ्दै गएको हो ।

रियलपाटीको टिम कोटेश्वरमा रहेको अस्पताल पुग्दा बिरामीको निक्कै भिड लागेको देखिन्थ्यो । अष्टाङ्ग आयुर्वेद हस्पिटलमा उपचार पाएर धेरैले जिवनदान पाएका छन् ।

आयुर्वेदले मानिसको स्वास्थ्य रक्षालाई उत्तिकै महत्व दिन्छ । खानपिन आहार बिहार ,दिनचर्या, श्रृतुचार्य,ब्यायाम , योग प्रणायामलाई प्राथमिकता दिएर रोग नै लाग्न नदिने वा भगाउने उपाय आयुर्वेदमा गरिन्छ । अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरले पनि आयुर्वेदका यिनै बिशेषतालाई पछ्याउदै बिरामीको उपचार गर्दै आएको अष्टाङ आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष हृदयनारायण चौधरीको भनाइछ ।

कोटेश्वरमा स्थापना गरि सबैको मन जित्न सफल भएकोले अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरले हाल आफ्ना शाखाहरु काठमाडौंको कलंकी, त्यसैगरि चितवन, इटहरी, बिराटनगरमा पनि सञ्चालनमा ल्याएको छ ।