Tuesday, 24, November, 2020

नयाँ मन्त्रीको सपथ ग्रहण ११ बजे

काठमाडौं । नवनियुक्त मन्त्रीहरूलाई बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गराइने भएको छ। बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नयाँ मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रम तयारी गरिएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी एवम् उपसचिव श्रीधर गौतमले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका छन्। संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गरेका हुन्। त्यसअनुसार राष्ट्रपतिले नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्।

सत्ता साक्षेदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट झिकेर कानुन मन्त्रालयको जिम्मेवारीमा सारिएको छ। स्वास्थ्यमा कानुनमन्त्री भानुभक्त ढकाललाई लगिएको छ। उपप्रधानमन्त्री यादवको मन्त्रालय मात्र फेरिएको छैन, उनको पार्टीले यसअघि पाएको स्वास्थ्य राज्यमन्त्रीसमेत खोसिएको छ।

नयाँ मन्त्रीका रूपमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्त नेम्बाङ र पार्वत गुरुङ छन्। मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री र रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री बनाइएको छ।

ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन स् को(को परे, को, को हटाइए ९सूचीसहित०

हटाइएका मन्त्रीमा रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मात्रिका यादव, चक्रपाणि खनाल र थममाया थापा छन् भने राज्यमन्त्रीहरू धनबहादुर बुढा, रामकुमारी चौधरी र डा। सुरेन्द्र यादव पनि पदमुक्त भएका छन्। हटाइएका ६ मध्ये ४ पूर्वएमाले र २ पूर्वमाओवादी कोटाबाट मन्त्री बनेका थिए। राज्यमन्त्रीबाट बिदाइ भएकामध्ये एक पूर्वएमाले, एक पूर्वमाओवादी र एक समाजवादी पार्टीका नेता हुन्। नवगठित मन्त्रिमण्डलमा महिला २, दलित १, मधेसी २, मुस्लिम १ जना छन्। यसअघि महिला तीनजना थिए।

नवनियुक्त मन्त्री त्रिपाठी प्रतिनिधिसभा चुनावमा नेकपाको सूर्य चिह्न लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक विचार समूहका नेता हुन्। भुसाल पार्टीभित्र कट्टर आलोचक मानिन्छन्।

मन्त्रिमण्डलमा उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, संस्कृति पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेतको जिम्मेवारी यथावत् राखिएको छ। यस्तै अर्थमन्त्री डा। युवराज खतिवडा, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, खेलकुदमन्त्री जगत विश्वकर्मा, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल र खानेपानीमन्त्री विना मगरको मन्त्रालय पनि यथावत् छ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी ९हाल समाजवादी० का नेताहरूलाई पनि सरकारमा सहभागी गराएका थिए।