Saturday, 28, November, 2020

बलाजुबाट जब २१ जना विद्यार्थी पक्राउ परे…….(फोटो फिचर)

भारतले नेपाली भूमि मिचेको विरोधमा राजधानीका विभिन्न स्थानमा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ । यसैबिचमा सोमबार बालाजु क्षेत्रमा पनि विद्यार्थीहरुले बिरोध ¥याली निकाले । भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा राजधानीको बालाजुमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । सो क्रममा प्रहरीले नेविसंघका २१ नेता कार्यकर्तालाई पक्राउ ग¥यो ।

भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघका निवर्तमान केन्द्रिय सदस्य शुशिल भट्ट र निरन्जन थापाको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा भट्टसहित विद्यार्थी नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे,विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह , राजन बुर्लाकोटी ,प्रशान्त लामिछाने,महेश्वर पौडेल, जगदिश थापा,ईश्वर थापा,धुर्व अधिकारी ,सन्तोष खलाल, भिम अधिकारी,रस गुरुङ,भानुभक्त उपाध्याय,अशोक क्षेत्री लगायत नेता कार्यकर्ता पक्राउ परेका हुन् । प्रदर्शनको क्रममा विद्यार्थीहरुले भारत र चिनले मिचेको भूमी फिर्ता गर , कालापानी , लिपुलेक हाम्रै हो लगायतको नारा लगाएका थिए ।


उनीहरुले माछापोखरीमा कोणसभा गर्ने तयारी गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएकोमा सोमबार राती नै प्रहरीले उनिहरुलाई छाडेको छ ।