Saturday, 28, November, 2020

इन्सपेक्टर वाइवाले कोटेश्वर प्रभाग सम्हालेपछि कोटेश्वरवासी दंग

सन्तोषी अधिकारी । महानगरिय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख इन्सपेक्टर सुभद्रा वाइवा लामा यतिबेला एकदमै व्यस्त छिन् । एकपछि अर्को समस्यामा परेकाहरुको समस्या समाधान गर्नतर्फ मात्रै उनको ध्यान जान्छ ।
इन्सपेक्टर वाइवाले २०७६ भाद्र ३० गतेदेखि कोटेश्वरको जिम्मेवारी सम्हालेकी हुन् । उनले आम नागरिकले प्रहरीलाई गरेको विश्वासलाई गुम्न नदिने र समाजका हुने विभिन्न किसिमका घटनालाई पूर्ण रुपमा सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन् । सोहिअनुसार काम समेत उनले गरिरहेकी छन् । यतिबेला कोटेश्वरबासीसमेत उनको कामले उत्साहित छन् । दशैं, तिहार जस्ता चाडपर्वमा समुदायमा शान्ति,सुरक्षा दिन सफल भएको दावी उनि गर्छिन् ।

विशेष गरि उनको नजर डान्सबार, दाहोरी र रोधिघरमा परेको छ । डान्सबार, दाहोरी र रोधिघरमा काम गर्ने महिला दिदिबहिनी अत्यन्त पिडित भएको गुनासो आएपछि आफ्नो टीममसहित छापा मारेको उनले बताइन् । साँच्चै त्यहा पुग्दा महिलाहरुको अवस्था दर्दनाक नै देखिएको उनि बताउँछिन् – “हामीले छापा मारेको ८,१० वटा रेष्टुरेन्ट र बारहरुमा काम गर्ने महिला दिदिबहिनी बिना नियूक्ति पत्र काम गर्दा रहेछन् ।

६ महिना वर्षदिनसम्म पनि तलब पाएका रहेनछन् । मात्र ग्राहकले दिएको टीप्सका भरमा काम गरिरहेको भेटेपछि त्यहाका सञ्चालकसहित धेरैलाई चौकीमा थुनेका छौं ।” उनि भन्छिन् – “रेष्टुरेन्ट र बारका सञ्चालकहरु लाज सरम केहि नमानी नियूक्तिपत्र दिनुपर्छ र ? भनि अञ्जान जस्तै बन्छन् ।” उल्टै प्रहरीलाई प्रश्न गरेको उनि सम्झिन्छिन् ।

प्रहरीले छड्के जाँच गर्न आउने थाहा पाएपछि हाल भने रेष्टुरेन्ट र बारमा केहि सुधार आएको उनि बताउछिन् । महिला दिदिबहिनी नियूक्ति पत्र र काम गरेको प्रमाण लिनुपर्नेमा सचेत भएकोमा उनि खुशी व्यक्त गर्छिन् । उमेर नै नपुगेका कर्मचारी धेरै डान्सबार, दोहोरी  र रोधिघरमा राखिएको देखियो । उमेर नै नपुगेका कर्मचारी राख्न नपाउने नियम सुभ्रदाले बताइन् ।

त्यति मात्र नभइ पूर्वतिर जाने आउने यात्रुका लागि सञ्चालन गरिएको टिकट काउन्टरमा चरम अनियमितता र अशिष्टता देखेपछि उनले त्यहा पनि हात हालिन् । यात्रुलाई बाटोबाटोमा तान्न आउने, एउटै बस देखाएर धेरै यात्रुलाई नक्कली टिकट बिक्री गर्ने, यात्रुलाई अलपत्र बनाउने कार्यलाई निरुत्साहित गर्न उनले टिकट काउन्टरमा काम गर्ने कर्मचारीलाइ अनिवार्य यूनिफर्म लगाउनुपर्ने नियम समेत बनाइन् । यसरी नै यस क्षेत्रमा आपाराधिक क्रियाकलाप न्यूनिकरणका लागि आफु लागिपरको उनि बताउछिन् ।

रियलपाटीसंगको कुराकानीमा इन्सपेक्टर वाइवाले काम गर्ने क्रममा चुनौती धेरै रहेको बताइन् । यद्यपी ती चुनौतीको सामना गर्न आफू तयार रहेको उनको भनाइ छ । इन्सपेक्टर वाइवाले नेपाल प्रहरीले समुदायिक  कार्यक्रमलाई आफ्नो प्राथमिकतामा राखेको बताउँदै शान्ती सुरक्षा कायम गर्ने र कानुन उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने बताइन् ।

उनले समाजलाई शान्ती सुब्यवस्थित पार्नको लागि नेपाल प्रहरी आफ्नो प्रतिवद्धताप्रति अडिग रहेको भन्दै समाजलाई अपराधमुक्त र सभ्य समाज बनाउन नेपाल प्रहरीले मात्रै नसक्ने बताउँदै आम नागरिकलाई सहयोग गर्न आग्रह पनि गरेकी छन् ।

जिल्ला टपर पुलिस इन्सपेक्टर

२०५५ सालमा एसएलसी दिएर २०५९ सालमा पढाइलाई निरन्तरता दिदै उनि प्रहरी सेवामा प्रवेश गरेकी हुन् । उनि प्लस टु पढ्दादेखि नै क्रियाशिल विद्यार्थीको रुपमा परिचय पाएकी थिइन् । उनले वतृत्वकलामा समेत उनले प्रथम स्थान हासिल गरेकी थिइन् । हुने बिरुवाको चिल्लो पात भने झै मकवानपुरमा जन्मिएकी सुभद्रा लामा वाइवा आफुलाई सानै उमेदेखि नै प्रहरी बन्ने इच्छा लाग्ने गरेको स्मरण गर्छिन् ।

अंग्रेजी साहित्यमा बि.ए गरेकी सुभद्रा झट्ट हेर्दा निकै सरल, मिलनसार र हसमुख देखिन्छिन् । तर जब यिनी फिल्डमा उत्रिन्छिन् तब निक्कै दमदार,कडा निर्देशन र खरो स्वभावका साथ प्रस्तुत हुन्छिन् । आफ्नो मातहतका प्रहरी कर्मचारीलाई पनि निक्कै माया  गर्छिन् । पिरमर्का र गुनासो सुन्छिन् । अनुशासनको पाको र प्रहरी कर्मचारीलाई व्यवस्थापन गर्न सक्ने उनको खुबीलाई मान्नै पर्छ । ६२ जना प्रहरी टोलीको नेतृत्व उनले गरिरहेकी छन् ।

घरकी कुशल बुहारी

काठमाडौंको कपनमा उनको घर छ । उनले आफ्नो एक मात्र सन्तानलाई सासु, ससुराको पोल्टामा सुम्पेर कोटेश्वर प्रभागको जिम्मेवारी सम्हालीरहेकी छिन । २०६३ सालमा हालका डिएसपी राजकुमार थिङसंग विवाह गरेकी सुभद्राको १२ वर्षिय छोरा छन् ।

कार्य अनुभ

मकवानपुरबाट प्रहरीसेवामा प्रवेश गरेकी सुभद्रा त्यहाँ १ वर्ष काम गरिन् त्यसपछि सरुवा भइ चितवन पुगिन् । त्यहा पनि उनले १ वर्ष सेवा गरिन् । महानगरिय प्रहरी प्रभाग महाराजगञ्जमा ३ वर्ष सेवा गरेपछि उनले महिला सेल कालीमाटिको जिम्मेवारी सम्हालिन् ।
आफु जहाँ–जहाँ पुग्यो त्यहाँ–त्यहाँ अत्यन्तै राम्रो काम गरिन् । उनले १ वर्ष यूएन अन्तर्गत  सुडानमा पुलिस एडभाइजरको कार्य अनुभव पनि सम्हालेकी छिन् ।
सुडान गएर १ वर्षपछि नेपाल आएर उनले प्रहरी प्रधान कार्यालय नक्सालमा १ वर्ष काम गरिन् । त्यसपछि उनि कोटेश्वर प्रमुख भएर नेतृत्व लिइरहेकीछन् ।

“ढुंगाको काप फोरेर पनि उम्रिन्छ पीपल
श्रृजनाशक्ती कहिलेपनि हुदैन बिफल”

माथीका यी पंक्ति उनको सन्दर्भमा निक्कै सुहाउँछ । जस्तोसुकै व्यस्त कार्यतालिकाको बाबजुत पनि उनि श्रृजनात्मक क्रियाकलापमा निक्कै सक्रिय छिन् ।