Friday, 04, December, 2020

अहमदिया संघको आयोजनामा निशुल्क होमियोप्याथिक स्वास्थ्य शिबिर

काठमाडौं, अहमदिया संघ नेपालको आयोजनामा एक दिने निशुल्क होमियोप्याथिक स्वास्थ्य शिबिर सम्पन्न भएको छ। शिवपुरी उच्च मा. बि काठमाडौमा आयोजित उक्त स्बास्थ्य शिबिरमा शिक्षक , बिधार्थी र अभिभाबकहरुको उल्लेखिय रुपमा उपस्थिति रहेको थियो । शिबिरमा होमियोप्यथिक औषधि समेत निशुल्क रुपमा बितरण गरिएको थियो ।

भारतबाट आएका होमियोप्याथिक चिकित्सकहरुको समुहले बिरामीको जाच गरेका थिए । तीन सय भन्दा बढिले सो शिबिरबाट फाईदा लिएको कार्यक्रमका संयोजक समिम अहमदले बताए । उनका अनुसार अहमदिया संघ नेपालले काठमाडौ लगाएतका जिल्लाहरुमा प्रत्येक बर्ष यस्ता किसिमका शिबिरहरु गर्दै आएको छ । संस्थाले शिक्षा , स्बास्थ्य प्राकृतिक बिपती लगायत मानबता प्रर्बर्दनका क्षेत्रमा कार्य गर्दै आएको छ । यश संस्थाको केन्द्रीय कार्यलय पन्जाब, भरतमा रहेको छ भने नेपाल लगायत बिश्बका धेरै देशहरुमा कार्यालय रहेको छ ।