Monday, 30, November, 2020

अचानक सुनको मुल्यमा वृद्धि

काठमाडौं । साताको पहिलो आज दिन सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ११ सय रुपैयाँ वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला ६९ हजार नौ सय रुपैयाँ रहेको सुन तोलामा ११ सय वृद्धि भएको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरि सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार प्रतितोला ८३५ रुपैयाँ रहेको चाँदी आज तोलामा पाँच रुपैयाँ वृद्धि भएर प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको हो ।