Friday, 04, December, 2020

भारतमा बेचिन लागेको ४ युवतीको उद्धार

धनगढी । रोजगारी दिलाइदिने भन्दै चार जना युवतीलाई भारतको नयाँदिल्ली लैजाँदै गरेको अवस्थामा एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार मानव बेचबिखनमा संलग्न रहेकोले  शुक्रबार साँझ उनलाइ पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका २ बस्ने ९ वर्षीया सपना प्रजापती छिन् ।

‘चारजना युवतीलाई घरमासमेत सम्पर्क गर्न नदिई काठमाडौंको कंलकीबाट धनगढी हुँदै सिमावर्ती भारतीय शहर पलिया पुराएको सूचना पाएपछि भारतीय एसएसबीको सहयोगमा चारै जनाको उद्धार गरी प्रजापतीलाई पक्राउ गरिएको हो,’ डीएसपी बस्नेतले भने ।

उद्धार गरिएका युवतीहरु नुवाकोट, काठमाडौं, सिन्धुपाल्चोकका छन् । प्रहरीले चारैजना युवतीलाई शान्ति पुनःस्थापना गृह धनगढीमा राखेको छ ।

रोजगारीको बहानामा ती युवतीहरुलाई भारतमा बेच्न लैजान खोजिएको प्रहरीको प्रारम्भिक अनुमान छ । पक्राउ परेकी प्रजापतीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।