Friday, 27, November, 2020

फेसन जस्तै बन्दै सम्बन्धविच्छेद

जीवन रायमाझी, अधिकारकर्मी (हाल अष्ट्रेलिया)

अनिता थापा ( नाम परिवर्तन) दुवैमा घरेलु कामदारका रुपमा गइन् । उनि करिब १० वर्ष दुवइ बसिन् । विवाहित उनि आफुले कमाएको पैसा हरेक महिना श्रीमानको खातामा घर परिवारका लागि खर्च भनेर हरेक महिना राखिदिन्थन् । श्रीमान विदेश जान चाहेनन् नेपालमै केहि व्यापार व्यवसाय गर्ने भनेर बसे । सानोतिनो व्यापार पनि गर्न थाले । आम्दानी राम्रो हुदै गइरहेको थियो । सबै कुरा ठिकठाक नै चलिरहेको थियो । उताबाट श्रीमतीले पाठाएको पैसाले घर, गाडी समेत जोडे ।

अब लामो समय अरुको देशमा किन बस्ने सबै कुरा पुरा भइसकेकोले अब नेपाल फर्कर्ने योजना अनिताले बनाइन् । तर नेपाल आउँदा सा्चेजस्तो भएन । श्रीमानको बानी, व्यवहारमा फरक आएकोे अनुभव उनलाई भयो । राती घर दिनहु नआउने, रक्सी पिएर पिट्न आउने लगाएत गर्न थाले ।

त्यसपछि श्रीमान् आफैले सम्बन्ध विच्छेद माग्न थाले । त्यसपछि अनितालाई छांगाबाट खसेजस्तो लाग्यो । श्रीमान् निर्धक्कसंग भन्दै थिए मेरो अर्को गर्लफेन्ड छ । उसैसित विहे गर्छु । यो सुनेर अनिता अक्क न वक्क भइन् । रुनु सिवाए केहि बोल्न सकिनन् । पछि बुझ्दा आफुले पठाएको आधाभन्दा बढि सम्पती अर्की यूवतीलाई खर्च गरेको रहेछ । श्रीमान्को पीडाका कारण अनिता डिप्रेसनको बिरामी भएकी छन् । अझै पनि श्रीमान्ले डिर्भोस मागिरहेका छन् ।

वैदेशिक रोजगारी मात्र होइन पारिवारिक विखण्डनको कारण । अरु पनि धेरै कारण छन् । अनिता त एक प्रतिनिधी पात्र मात्र हुन् । महोत्तरी जिल्ला घर भएकी रिता शाह(नाम परिवर्तन) को पनि सम्बन्ध विच्छेद भयो । कारण थियो दाइजोको । विहे अघि दाइजो धेरै चाहिन्न भनेर केटाको घरबाट भनियो । मागि विवाह भयो तर विवाह भएको ३ महिनामै केटाको घरपरिवारबाट दाइजो धेरै नदिएको भन्दै घोच्का र पेच्का हान्न थाले घरपरिवारले बस्न नसक्ने पारे । श्रीमान् पनि घरपरिवारकै पक्षमा बोल्न थालेपछि बाध्यताबस घरमा नबसी माइती बस्न थालिन् । अन्तत अनेक बहाना बनाइ सम्बन्ध विच्छेदको गर्न श्रीमान्ले भनेपछि तनाव लिएर बस्नुभन्दा सम्बन्ध विच्छेद गर्न नै राम्रो मानेर उनले बाध्य भएर सम्बन्ध विच्छेद गरिन् ।

बाल विवाह, बहुविवाह, अनमेल विवाह÷अन्तरजातीय विवाह, प्रेम विवाह, असमझदारी, अपहेलना, गरिबी सम्पत्ति, रोग, निःसन्तान एवं शङ्कालु भावनालगायत विविध कारणले दाम्पत्य सम्बन्धमा चिसोपना ल्याउछ ।

हाम्रो समाज पुरुष प्रधान समाज हो । यहाँको परम्परा र संस्कारबमोजिम महिलाले जहिल्यै पनि दोस्रो दर्जाको नागरिक भएर बाँच्नुपर्ने बाध्यता छ । महिलाले आफू महिला भएर जन्मिएकै कारण विभिन्न शारीरिक, मानसिक, सामाजिक विभेद खेपिरहेका छन् । बौद्धिक शोषण, दमन, यातना र दुव्र्यवहारमा पनि महिला नै पर्ने गरेका छन् ।

गत भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता २०७४ लागू भएपछि पुरुषको तर्फबाट सम्बन्ध बिच्छेदका मुद्दा दर्ता बढी दर्ता गर्ने सख्या बढेको अदालतहरुमा देख्न सकिन्छ । बैदेशिक रोजगार, घरेलु हिंसा र आपसी वादविवादको कारणले सम्बन्ध विच्छेदका घटना बढेको अधिवक्ता विवेक तिमिल्सिना बताउछन् । उनका अनुसार अहिलेको कानुनमा पुरुषले सहजै अदालत गएर सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न सक्ने कानुन बनेपछि वैदेशिक रोजगारीबाट फर्केका पुरुषहरुले बढी संम्वन्ध विच्छेद गर्ने गरेका छन् ।

यसभन्दा पहिले पुरुषले संम्बन्ध विच्छेद गर्न चाहादा पनि (गाविस वा नगरपालिकाको) सिफारिस लिएर अदालत गएरपछि मात्र सम्बन्ध विच्छेद हुने गरेकोमा अहिले सिधै अदालत जाँन सक्ने नया कानुनले अधिकार दिएपछि यो सख्या बढेको अधिवक्ता तिमिल्सिना बताउछन्।

नेपालीको जारी मुलुकी देवानी संहिता २०७४ को भाग ३ को पारिवारिक कानुनको परिच्छेद ३ ले पति पत्नी बिच चित्त नबुझे सम्बन्ध विच्छेद गर्न सक्ने कानुनले व्यवस्था गरेको छ । यो कानुन बनेपछि पति पत्नी बिच सम्बन्ध विच्छेद सहज भएकाले संख्या बढेको हो । सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एकार्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्ध विच्छेदको बिन्दुमा पु¥याएको छ । अभिभावकले सम्बन्ध विच्छेद गर्दा बालबालिकाको शिक्षा र मनोविज्ञानमा नराम्रो असर परेको छ । बालविवाहको न्यूनीकरण, परिवारभित्र एकले अर्कालाई बुझ्ने र अनावश्यक शंका गर्ने बानी हटाउन जरुरी भएको प्रहरी निरिक्षक सुभद्रा वाइवाको भनाइ छ ।