Saturday, 07, December, 2019

राष्ट्रपतिबाट छठीमाईको पूजा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कमल पोखरी र गुहेश्वरीमा छठीमाईको पूजा गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शनिबार साँझ छठ पर्वको मुख्य दिन गुहेश्वरी र कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिनुका साथै पुजा अर्चना गरेकी हुन् ।

उक्त अवसरमा उहाँले कमलपोखरी छठ पर्व आयोजक समितिमा रहेर उल्लेख्य योगदान पु¥याएका नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान-पत्र पनि प्रदान गरिएको थियो।

उक्त अवसरमा उपराष्टपति नन्दबहादुर पुन, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलगायतको पनि उपस्थिति रहेको थियो। काठमाडौंको कमल पोखरीमा विगत नौं वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ।