Saturday, 28, November, 2020

ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । प्रधानमन्त्री ओली आइतबार अजरबैजानबाट फर्किएका थिए ।

भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए । ’हिजो जान मिलेन। त्यसैले आज जानुभएको हो,’ सापकोटाले भने, ’भेटमा कुनै विशेष विषयमा केन्द्रित भएर छलफल भएन। प्रधानमन्त्रीको विदेश भ्रमण र अरू दैनिक घटनाक्रमबारे मात्रै छलफल भएको हो।’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि नियमित भेटघाट मात्रै रहेको जानकारी दिए ।
’प्रधानमन्त्री अजरबैजान जानुभएकाले त्यही विषय र अन्य नियमित कुराकानी भए,’ उनले भने।