Thursday, 03, December, 2020

नेपालकै पहिलो नेपाल लोक स्टार बने शनि विश्वकर्मा

काठमाडौं – लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को पहिलो विजेता रोल्पाका शनि विश्वकर्मा बन्न सफल भएका छन् । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट विश्वकर्मालाई नेपाल लोक स्टारको विजयी घोषणा गरिएको हो । विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् ।

यसका साथै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पारेको हुन् । यस्तै स्याङ्जाका चेतन गोतामे लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनी२५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा पाउन सफल भएका छन् ।

उदयपुरका विनोद दनुवारले तेस्रो स्थान हात ओगटेका छन् । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा हात पारे । यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।