Friday, 27, November, 2020

यस्तो रहृयो नेकपा ललितपुरको चियापान

ललितपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरको आयोजानामा शुक्रबार शुभकामना आदान प्रदान  तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

जाउलाखेलमा विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छट पर्वका अवसरमा नेकपाले चियापान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेकपाका कार्यकर्ता, सर्वसाधरण, पार्टीका सुवेछुक, बिभिन्न पार्टीका नेता, कार्यकर्ता, प्रदेश सभा तथा प्रतिनिधि सभाका सदस्य, स्थानीय तहका प्रमुखदेखि पार्टीका केन्द्रीय उपाध्यक्ष बामदेब गौतमसम्म उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपा अहिले पनि सम्पूर्ण रुपमा एकीकृत भइनसकेको धारणा राखे । नेकपाले आफ्ना पार्टी सदस्यलाई पनि संगठित बनाउन नसकेको उनको भनाइ छ । उनले अब भने देेेशभरी रहेेका आठ लाख पााार्टी सदस्य सबैलाई फौजको रुपमा देेेश  बिकासमा लगाउने बताए । यो काम अब पार्टीलेे छिटोभन्दा छिटो गरेेेर देेेखाउने दावी गरे ।

कार्यक्रममा प्रदेश तथा केन्द्रिय कमिटिका पदाधिकारी, कार्यकर्ता, प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धीजीवी, सरकारी कार्यालयका कर्मचारी तथा प्रतिनिधि लगायतको व्यापक सहभागिता रहेको ललितपुर प्रदेश समिती सदस्य नवराज ढुंगाना विश्वास ले रियलपाटीलाई जानकारी दिए ।

यसपाली अघिल्लो वर्षमा भन्दा पनि बढि चियापानमा सहभागिता जनाउनेको संख्या उल्लेख्य रहेको ललितपुर युवा संगठन इञ्चार्ज राज घिमिरेले बताए ।

पार्टी केन्द्र र अन्य पार्टी जस्तै नेकपा जिल्ला कमिटिले पनि दाशैं तिहारजस्ता चाडपर्वको अवसर पारी हरेक वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ । पार्टी केन्द्रले भने गत असोज २९ गते नै व्यापक सहभागितामा भृकुटीमण्डपमा भव्य चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।