Tuesday, 24, November, 2020

गोविन्द केसी कार्तिक १८ गतेबाट अनशन बस्ने

काठमाडौं । प्राध्यापक डा.गोविन्द केसी कार्तिक १८ गतेदेखि अनशन बस्ने भएका छन् ।
डा. केसीले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिँदै गर्दा आफ्ना पुराना माग कार्तिक ८ सम्म पूरा नभए कार्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका थिए। तर, उनले आफ्नो अल्टिेमेटम मिति आउन ५ दिन बाँकी छँदा आफ्नो निर्धारित अनशन केही पछि सारेको जनाएका छन् । हिन्दूधर्मालम्बीको दोस्रो ठूलो तिहारका कारण आफूले आन्दोलनका कार्यक्रम केही दिन पर सारेको केसीले बताएका छन् ।

चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै केसी लामो समयदेखि संघर्षरत् छन् । सरकारलाई दबाव दिन उनले उनले १६ पटकसम्म अनशन बसिसकेका छन् ।