Thursday, 03, December, 2020

भिटेन पक्राउ, अभद्र व्यवहारको मुद्दा

काठमाडौं । प्रख्यात र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।

वास्तविक नाम समीर घिसिङ भएका उनले ‘गरिबी ‘ गीतबाट र्‍याप यात्रा तय गरेका थिए । दर्जन बढी गीत गाइसकेका उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ ले निकै चर्चा कमाउन सफल भएको थियो ।

पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाउन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।

भिनेट पक्राउलाई लिएर पक्षविक्षमा टिप्पणीहरु आइरहेका छन् । कतिपयले यसलाई अभिव्यक्ति स्वतन्त्रतामापथिकै प्रहार भनेका छन् भने कतिपयले अश्लीलता फैलाउनेहरुलाई रोक्न चालिएको जायज कदम ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले र्‍यापर भिटेनलाई पक्राउ गर्ने प्रहरीको कदमको बचाउ गरेका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटालाई थापा र भिटेन पक्राउबारे प्रश्न सोधिएको थिए ।जवाफमा उनले परिवारसँग बसेर तीनले गाएको गीत सुन्ने समर्थन राख्नुहुन्छ भनेर प्रतिप्रश्न गरे ।