Saturday, 28, November, 2020

माछाका पारखीको मन लोभ्याउदै ललितपुरको सिरुपाते ट्राउट फार्म एण्ड रिसोर्ट

ललितपुर, ललितपुरको रिङ्गरोड सातदोबाटो ट्राफिक चोकबाट उत्तर्पुर्वी क्षेत्रमा करिब ८ किमिको छोटो दुरिको यात्राबाट सुन्दर र मनोरम स्थान बडिखेलमा रहेको सिरुपाते ट्राउड फार्म पुग्न सकिन्छ ।

हरियाली र शान्त ठाउमा अबस्थित ट्राउट फर्म एन्ड रिसोर्टमा आफैले फिसिङ गरि स्वादिष्ट ट्राउट माछाका विभिन्न परिकारको स्वाद लिन पाइन्छ । माछाका पारखीहरुको लागि धित मरुञ्जेल विभिन्न माछाका परिकारहरुको स्वाद लिन सकिन्छ । सस्तो र सुलभ मुल्यमा उपत्यकाकाकै नजिकको स्थानमा रहेकाले पनि सिरुपाते ट्राउट फार्म एण्ड रिसोर्टमा स्वदेशी, विदेशी र भीआइपीको घुँइचो लाग्ने गर्दछ । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले संचालित यो ट्राउड फर्ममा स्वदेशी, विदेशी पर्यटकका साथै भीआइपीको समेत आगमन भइरहेको सिरुपाते ट्राउट फार्म एण्ड रिजोर्ट प्रालीका अध्यक्ष राज घिमिरेले बताए ।                       

सिरुपाते रिसोर्टमा नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कर्णाली प्रदेशका मुख्य मन्त्री एवं पूर्व उर्जामन्त्री महेन्द्र बहादुर शाही नेकपाकी नेतृ पम्फा भुषाल, ललितपुर प्रदेश साम्सद लालकुमारी पुन शुशिला, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलगाएत उच्च तहाका व्यक्तित्वहरु पनि पुगेर अवलोकन गर्नुका साथै माछालगाएतका स्वादिष्ट परिकारहरुको स्वाद लिईसकेका छन् ।

 

कागती कृषि सहकारीद्वारा सञ्चालित यस रिसोर्टमा बालबालिका, वयस्क, बृद्धादेखी स्वदेशी, विदेशी माछाका पारखीहरु पुगेर माछाको स्वादको साथमा नेपाली खाना र विभिन्न परिकारहरुको स्वाद लिईरहेका छन् ।