Tuesday, 24, November, 2020

जम्मू-कश्मीर आक्रमणमा दुई जना गोर्खा सैनिकको मृत्यु

आइतबार जम्मू-कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गोर्खा सैनिकको मृत्यु भएको छ ।

आक्रमणमा परि एक जना नेपाली नागरिक र अर्को एक जना नेपाली मूलका भारतीय सैनिकको मृत्यु भएको हो ।

गोलीबारीमा गोर्खा रेजिमेन्टका जवान पदमबहादुर श्रेष्ठ र राइफल म्यान गमिलकुमार श्रेष्ठको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पदमबहादुर श्रेष्ठ आसामको गोलाघाटका हुन् । मृत्यु भएका अर्का जवान गमिलकुमार श्रेष्ठ नेपालको पाल्पा जिल्लाका रहेको खुल्न आएको छ ।